नेपालले तत्कालै निर्णय नगरे गोर्खा भर्तीको कोटा अन्यत्र जाने भारतका सेना प्रमुखको भनाई

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डेले नेपालले तत्कालै अग्निपथ योजनाअनुसार गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका छन्। बुधबार अग्निपथ योजना र नेपाली युवाको भर्तीबारे युनाइटेड सर्भिस इन्स्टिच्युड अफ इन्डियामा भएको कार्यक्रममा यस्तो बताएका हुन्।

सन् १९४७ मा नेपाल(बेलायत(भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार भारतीय सैनिक अन्तर्गतको गोर्खा रेजिमेन्टमा नेपाली युवाको भर्ती हुँदै आएको छ।तर, भारतले हालै न्यूनतम चार वर्षको मात्रै कार्यकाल रहने गरी सेनाको भर्तीका लागि नयाँ अग्निपथ योजना ल्याएको छ।त्यसअन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ को सन्धिले नसमेट्ने भन्दै आफूहरूलाई समय चाहिने नेपालले बताएको छ।

राजनीतिक सहमति तथा सरोकारवालासँग नयाँ योजनाको प्रभावबारे छलफलका लागि समय चाहिएको भन्दै नेपालले तत्कालका लागि अग्निपथ योजना अन्तर्गत गोर्खा भर्ती रोक लगाएको हो।

हालै नेपालको औपचारिक भ्रमण गरेर फर्किएका भारतीय सेनाका प्रमुख पाण्डेले भने नेपालले यो विषयमा चाँडो निर्णय नगरेमा हालको भर्ती प्रक्रियामा गोर्खा सैनिकका लागि छुट्याइएको कोटा अरू समूहलाई दिन सकिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

यस्तो भएमा नेपाल र भारतबीच सैन्य तहमा रहँदै आएको परम्परागत सम्बन्धमा अवरोध आउने छ। भारतले गोर्खा सैनिकलाई छुट्याइएको कोटा यो वर्ष अरू समूहलाई दिएमा अग्निपथलाई लिएर समस्याग्रस्त बनेको दुई देशको सम्बन्ध थप बिग्रन सक्ने आशंका छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *