नवाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।

नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो। यस्तै, नवौँ राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ।

नवौँको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै, खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटाअनुसार खेल पोशाक लगायतका सु‍विधा उपलव्ध गराइएको बताइएको छ।

कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रतियोगितापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अवसर प्रदान गर्ने बताए।

उनले खेल सम्पन्न गर्नका लागि सरकारलगायत सबैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ट ढंगले प्रतियोगिता सञ्चालन गर्ने धारणा राखे। नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ। पुरुष क्रिकेट भने काठमाडौँमा सम्पन्न भइसकेको छ। नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *