काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालद्वारा आयोजित १२ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबार देखि काठमाडौंमा शुरु भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयाोजित प्रतियोगिता एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य पुकार बमले उद्घाटन गर्नुभयो । पहिलो दिन पुरुष तर्फ चिल्ड्रेन ईभेन्टस १०,११,१२-१३ वर्ष र महिला तर्फ ६-७ र ८-९ वर्ष को ४ वटा स्वर्ण पदकको टुंगो लागेकोछ । विजेता खेलाडीहरुलाई कतारका क्योसी मिर्जा ग्रान्जफर अलिवेग र आयोजकका अध्यक्षले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा नेपाल सहित भारत,कतार र वंगलादेशका खेलाडीहरु सहभागी रहेकाछन । प्रतियोगिता जेठ १७ गते आईवार सम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला सिनियर तथा जुनिएर काता र कुमितेका विभिन्न तौलसमुहमा गरेर कुल ५३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी खेलाडिले पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट टिमले आकर्षक ट्रफि पाउनेछन् । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
Facebook Comments Box
