लिम्बु भाषाको ‘थेत्लङ’ अमेरिकाको टेक्सासमा प्रदर्शन हुने

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

किरात याक्थुङ चुम्लुङ्, टेक्सासको समन्वयमा सिक्किमका चर्चित लिम्बु साहित्यकार लेखक देउमान लिम्बु होन्दोकद्वारा लिखित उपन्यास ‘थेत्लङ’ सिक्किमको कलेजमा पढाई हुने पुस्तकमा आधारित सिक्किमवाट निर्मित लिम्बु कथानक चलचित्र नेपाल, सिक्किम, दुवई, न्युयोर्क लगायतका विभिन्न ठाउँहरुमा प्रदर्शन पश्चात अब अमेरिकाको टेक्सासमा आगामी कार्तिक १८ गते शुक्रबार ‘२०२२ नोभेम्बर ४’मा प्रदर्शन हुने कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ । ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’का निर्माता मनि ताम्लिङ र विराज लिम्बु हुन् । चलचित्रमा बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । टेक्सास पछि क्यालिफोर्निया र ओहायुमा पनि क्रमशः प्रदर्शन गरिने निर्देशक सुब्बाले बताउनु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *