आज दशैंको छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिंदै

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंकाे छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिंदैछ । नवरात्रको छैटाैं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ ।

यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उहाँलाई अलंकार वा गरगहना चढाइन्छ । यस दिन देशभरका शक्तिपीठमा भक्जनकाे घुइँचाे लाग्ने गर्छ ।

काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उहाँलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ ।

दशैंको पहिलो दिन घटस्थापना गरेसँगै दूर्गाका ९ वटा रूपको पूजा गरिंन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *