१ सय २५ स्वर्णका साथ आर्मी शीर्ष स्थानमा

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

पाेखरा – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मीले आफ्नो फराकिलो अग्रता कायम राखेको छ। बुधबार रातिसम्म जारी खेलमा आर्मी १ सय २५ स्वर्णका साथ शीर्ष स्थानमा छ। आर्मीले ८० रजत र ६२ काश्य गरी कुल २ सय ६७ पदक जितेको छ।

मेडल तालिकामा नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहेको छ। पुलिसले ४८ स्वर्ण ४४ रजत र ५२ काश्यसहित १ सय ४४ पदकका साथ दोस्रो स्थानमा रहँदा एपिएफ ३७ स्वर्ण ४४ रजत र ६७ काश्यका साथ १ सय ४८ औ स्थानमा छ।

विभागीयबाहेक बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ। गण्डकीले २४ स्वर्ण २३ रजत र ४५ काश्यसहित ९२ पदक हात पार्दा एनआरएनएले १९ स्वर्ण जित्दै पाँचौं स्थानमा छ।

त्यस्तै सुदूरपश्चिमले ८ स्वर्ण जित्दा प्रदेश १ ले ५ स्वर्ण हात पार्‍याे। मधेश प्रदेश ५ स्वर्णको अवस्थामा रहँदा लुम्बिनीले ३ स्वर्ण जितेको छ। कर्णाली एक स्वर्णका साथ पदक तालिकाको पुछारमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *