राप्रपाले सार्वजनिक गर्‍याे घाेषणापत्र

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साेमबार पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेकाे छ।

आज बानेश्वरमा एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लाेहनीलगायतका नेताहरूकाे उपस्थितिमा घाेषणापत्र सार्वजनिक गरिएकाे हाे।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटेकाे छ।

घाेषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको छ। यसैगरी, घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ। प्रदेशलाई खारेज गरी दुई तहको सरकार हुनुपर्ने, अभिभावकीय संस्थाकाे रूपमा राजतन्त्र राखिने पनि उल्लेख गरिएकाे छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *