चलचित्र विकास वोर्डलाई बजेट र अधिकार दिनुपर्छ : गोपाल काजी कायस्थ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
गोपाल काजी कायस्थ सल्लाहकार, चलचित्र विकास वोर्ड

गोपाल काजी कायस्थ चलचित्र क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । उहाँ नेपाल चलचित्र संघको केन्द्रिय उपाध्यक्ष, चलचित्र विकास बोर्डको सल्लाहकार हुनुहुन्छ । अवनरत रुपमा चलचित्र क्षेत्रमा सक्रिय रहनु भएका कायस्थ विके फिल्मस्को प्रोपाइटर, एफ डि फिल्म कम्पनीको सेयर होल्डर हुनुहुन्छ । यसका अलावा उहाँ पुष्पाञ्जली हल कोटेश्वरको प्रोपाइटर हुनुहुन्छ । वरिष्ठ फिल्म वितरकको परिचय बनाउनु भएका कायस्थसँग नेपाली चलचित्रसँग सम्बन्धित रहेर गरिएको कुराकानीको मुख्य अंशः

यतिबेला नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो छ ?
यति बेला नेपाली चलचित्र उभो लाग्दैछ । यस अर्थमा हिजो हामी ४–५ वटा रिलले सिनेमा शिलिज गथ्र्याेै, आजको मितीसम्म २ सय वटा स्व्रिmनमा रिलिज गर्ने अवस्थामा हामी पुगेका छौं । हिजो हामी फिल्म प्रदर्शनबाट लाखौंको हिसाब किताब राख्थ्यौं भने आजका मितीमा आएर करोडौंको व्यापार गर्ने अवस्थामा छौं । सिनेमाहरु स्तरीय पनि बनेका छन् । त्यस कारण राम्रा चलचित्रहरुले फड्को मारी करोडौंको व्यापार गरेका छन् ।

तपाईहरुले विभिन्न माग राखेर आन्दोलन गरि रहनु भएको थियो हैन ? तपाई चलचित्र विकास बोर्डमा सल्लाहकार भएर आएपछि तपाईहरुको माग पुरा भयो त ?
हाम्रो माग अझै पुरा भएको छैन । अब हाम्रो चलचित्र विकास वोर्डबाट पुरा हुने केही माग सम्बोधन भयो तर मन्त्रालयबाट हुनु पर्ने मागहरु यथास्थितिमा छन् । हाम्रो आन्दोलन जारी छ । हाम्रो माग भनेको सम्पूर्ण चलचित्रकर्मीको माग हो । जबसम्म विकास बोर्डमा नेपाली चलचित्र विकासको नाममा हिन्दी सिनेमाको विकास शुल्कको घाटीमा घण्टी झुण्ड्याइन्छ तब सम्म नेपाली चलचित्रको विकास असम्भव छ । यस कारण हिन्दी सिनेमा चलाएर शुल्क उठाएर नेपाली चलचित्रको विकास गर भने जस्तो सरकारी नीतिमा छ, त्यसैले सबैभन्दा पहिला सरकारी नीति परिवर्तन भई विकास वोर्डलाई पनि समृद्ध बनाउन वेग्लै उचित बजेट समेतको व्यवस्था हुनु प¥यो भने मात्र नेपाली चलचित्र उभो लाग्ने देखिन्छ ।

तपाई चलचित्र विकास बोर्डमा आएपछि चलचित्र क्षेत्रको विकास र विस्तारको लागि के के काम गर्नुहुन्छ ?
चलचित्र विकास वोर्डका अध्यक्षलगायत सम्पुर्ण टिमलाई नेपाल चलचित्रको विकास र चलचित्र क्षेत्रको राम्रोको लागि विशेष सल्लाह र योगदान रहने छ र सबै संघ संस्थाको सुझाव र सल्लाह बमोजिम म अगाडी बढ्नेछु ।

चलचित्र क्षेत्रको अवस्था मजुवत पार्न के के गर्नुपर्ला ?
चलचित्र क्षेत्रलाई मजबुत बनाउन निर्माण, प्रदर्शन र वितरणको तीनै पक्षलाई फरक दृष्टिले हेर्नु हुन्न । तीनै पक्ष एउटै अंग हो । तीनै पक्षलाई न्याय गरियो भने मात्र चलचित्र क्षेत्रको विकास सम्भव छ ।

चलचित्र क्षेत्रमा पनि राजनीति भित्रियो भनिन्छ, उहाँलाई कस्तो लाग्छ ?
राजनीतिक रुपमा चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरिन्छ । यो गरेपछि राजनीति त हुने नै भयो, चलचित्र विकास बोर्डमा सक्षम विज्ञ ल्याउने हो भने र चुनावद्वारा छानियो भने नेपाली चलचित्र क्षेत्रको विकासको निमित्त सुर्यको नयाँ किरण उदय हुन्छ र नेपाली चलचित्र क्षेत्रको विकास र विस्तार हुन्छ । र कुनै पनि पार्टीका नेता–कार्यकर्ताको चाकडी गर्नु पर्दैन ।

नेपालका हलहरुमा नेपालीभन्दा हिन्दी फिल्मलाई प्राथमिकता दिएको देखिन्छ नि ?
नेपाली र हिन्दी चलचित्रहरु प्रदर्शनको प्रसँग उठ्दा यस विषयमा म के भन्छु भने भारतमा अर्वाैं जनसंख्या छ, यो हिसाबले भन्दा भारतमा अत्याधिक सिनेमा बन्छ, नेपालमा कम सिनेमा बन्छ । त्यसैले नेपालका हलमा नेपाली कम, हिन्दी फिल्म बढी चलचित्र प्रदर्शन भएका होलान । तर कबड्डी जस्ता चलचित्रले १९ करोडको व्यापार गर्न सफल भएको छ भने नेपाली फिल्म मात्र किन कम छन् ? चाहे भारतमा होस्, चाहे नेपालमा होस् तथा अन्य देशमा होस् हरेक देशमा चल्ने सिनेमा भनेको वर्षको १० वटा मात्र हो । अन्य चलचित्र भनेको औलामा गनिने मात्र हो ।

तपाई वरिष्ठ वितरक पनि भएकाले नेपालमा कस्ता फिल्म बढी चल्छन् ?
संसारभरि नै चल्ने सिनेमा भनेको लभ स्टोरी, याक्सन, फेमेली ड्रामा र हास्य चलचित्र नै हो ।

वितरकहरुले पनि फिल्मलाई हलमा ल्याउँदा पक्षपात गरेको भनिन्छ नि ?
वितरकले कुनै पक्षपात गरेका छैनन् । चल्ने चलचित्रलाई कसैले रोकेर रोक्न सक्दैन । उदाहरणका लागि मद्रासी भुमि केएफजि र नेपाली फिल्म महापुरुष र कवड्डीलाई हेरे पुग्छ ।

समग्र चलचित्र व्यवसायलाई नै अझ मजबुत पार्न के के गर्नुपर्ला ?
समग्र नेपाली चलचित्र क्षेत्रलाई मजबुत पार्न सरकारको नीतिलाई पहिला परिवर्तन गर्नु जरुरी छ । र विकास बोर्डलाई सरकारले मन्त्रालयबाट परिचालन होइन, सम्पूर्ण जिम्मा विकास वोर्डलाई नै दिनुपर्छ, अन्यथा सरकारले नै नियन्त्रण गर्ने हो भने नेपाली चलचित्र क्षेत्रको विकास असंभव छ । किन कि एउटा पार्टी सरकारमा आउँदा एक किसिमको निर्णय हुन्छ, अर्काे पार्टी आउँदा अर्काे निर्णय हुन्छ, यस कारण विकास बोर्डलाई चलचित्र विकासको निमित्त बजेट र अधिकार हुनुपर्छ ।

अन्तमा सन्देश दिनुस् न ?
आउने चलचित्र निर्माताहरु र फिल्म बनाइ रहनु भएका निर्माताले संसारको चलचित्रहरु हेरिरहेका छौं, नेपाली चलचित्रमा सबैभन्दा कमजोर स्व्रिmप्ट हुन्छ । स्व्रिmप नै खराब भएपछि चलचित्र अहिले हामीले हेरिरहेको जस्तो मात्र बन्छ । त्यस कारणले चलचित्रको कथालाई १० चोटी अध्ययन गरौं तब मात्र उत्कृष्ट चलचित्र बनाउन सफल हुनुहुनेछ । बाँकी न्यायाधीश भनेको दर्शक हो । कुन सिनेमा हेर्ने, कुन सिनेमा नहेर्ने चलचित्रको पहिलो लुकले बताउँछ । र दर्शकले कुन सिनेमा हेर्ने, कुन नहेर्ने त्यो दर्शकहरुले नै छुट्याउँछन्, छुट्याउन दिनु पर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *