नेपाल १३ पदक सहित उपविजेता

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बंगलादेशमा आयोजित चौंथो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपली कराते टोली मंगलबार स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक हिसिल गर्दै उपविजेता बन्न सफल भएको छ । बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिनुभयो ।

प्रतियोगितामा गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण प्राप्त गरे भने विनुले थप १ रजत पनि जितिन् । राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, श्रीकिशुन साह र समित महर्जनले रजत जित्न सफल भए। यसैगरी अमृत तामाङ र शम्भु नेपालीले कांस्य पदक हात पारे । प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पाराज गिरी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *