काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलकोपहिलो हाफ सकिदा नेपालले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा दुबै गोल अमिषा कार्कीले गरिन् । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । भुटान पनि पहिलो जितको खोजीमा छ । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
Facebook Comments Box