एशियन गेम्सका लागि ४८ कराते खेलाडी छनौट सम्पन्न

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  मित्र राष्ट्र चीनको हाङझाउ शहरमा आगामी सेप्टेम्वरमा आयोजना हुन गईरहेको १९ ओै एशियन गेम्सका लागि कराते खेलको पहिलो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा सन्चालन भएको खु्ल्ला राष्ट्रिय खेलाडी छनोट फागुन ७ गते आइतबार सम्पन्न भएको हो । पहिलो चरणको छनौटमा पुरुष र महिला समान ६/६ ईभेन्ट गरि जम्मा १२ तौल समूहबाट ४८ जना खेलाडी छनोटमा पर्न सफल भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक तथा नेपाल सितोरियो कराते संघका सचिव / प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । उक्त छनौटमा पर्न सफल महिला तर्फ ५० केजीमा बागमतीका अन्जली महर्जन, आर्मीका मिस्ली श्रेष्ठ, बागमतीका नानु शाक्य र पुलिसका सबिना श्रेष्ठ सफल भईन । ५५ केजी महिलामा नेपाल पुलिसका जिया कार्की, गण्डकीका अनु गुरुङ,आर्मीका सानु माया थिङ र सुदुरपश्चिमका पुस्पा मडाई छनोट भएकी हुन ।  महिला तर्फ कै -६१ केजीमा एपीएफकी रमिता माझी, नेपाल पुलिसकी सोनी राई, आर्मीका निरुपा तामाङ र नेपाल पुलिसका अर्मिला डिसी छनोट हुन सफल भईन । त्यसैगरि महिलाकै – ६८ केजी तौल समुहमा एपीएफकी डायना ओझा, बागमतीका बिनिता श्रेष्ठ, बागमतीकी श्रद्दा थापा र बागमतीकै आशिका राई छनोट भएकी छन् ।   महिला तर्फकै ६८ केजी भन्दा तौल समुहमा नेपाल पुलिसकी अरिका गुरुङ, बागमतीका रोजिता ढुंगेल, बागमतीका महिमा राई र लुम्बिनीका दिया थापा छनोट भएकी छन् ।

त्यसैगरि पुरुष तर्फ ६० केजीमा नेपाल पुलिसका सोनाम लामा,आर्मीका बिजय रिमाल, सशस्त्रका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।   पुरुषकै – ६७ केजीमा बागमतीका एलोन श्रेष्ठ, नेपालपुलिसका सन्तोष श्रेष्ठ, नेपाली सेनाका कृतन महर्जन र बागमतीका अमृत थोकर छनोट भए । पुरुषकै – ७५ केजीमा सशस्त्रका सुबाश घतानी, गण्डकीका सज्वल बुढाथोकी, सेनाका किरण पुन र प्रदेश-१ का रुरीहाङ दुमी छनोट हुन सफल भए ।   पुरुष तर्फकै – ८४ केजी तौल समुहमा सशस्त्रका मोहमद शेख आलम, बागमतीका आशिष थापा,प्रदेश-१ का ईश्वर धन राई र सेनाका सुरेश जाप्रेल छनोट भए । पुरुष तर्फकै ८४ केजी भन्दा माथि तौल समुहमा नेपाल पुलिसका विप्लब लाल श्रेष्ठ,सशस्त्रका डिगम्बर प्रसाद पन्त, सेनाका विपिन राज सिंह दर्जी र बागमती प्रदेशका सुमोन भोलन छनोट भए ।

फागुन ६ गते शनिबार देखि शुरु भएको छनौटमा पुरुष एकल कातामा सशस्त्रका स्वर्निभ मानन्धर, नेपाल पुलिसका प्रविन मानन्धर, नेपाल पुलिसका महशुस मोक्तान र बागमतीका रेहन जावेद छनोट हुन सफल भएका थिए । महिला तर्फ एकल कातामा नेपाल पुलिसकी चन्चला दनुवार, कर्णालीका एलिसा रासकोटी मगर, नेपाल पुलिसका सरु कार्की र सेनाका रिना श्रेष्ठ छनोट भएका थिए । त्यसैगरि पुरुष तर्फ – ६० केजीमा नेपाल पुलिसका सोनाम लामा, सेनाका बिजय रिमाल, सशस्त्रका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भएका थिए । छनोट भएका खेलाडीलाई राखेप पुर्व सदस्य सचिव एवम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,सह अध्यक्ष दावा गुरुङ्ग ,बागमती प्रदेशका सभासद मीनकृष्ण महर्जन,करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ लगायतले पुरस्कार बितरण गर्नुभएको थियो । यस अघि कार्यक्रमको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *