राखेपद्धारा कराते महासंघको निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । गत चैत्र ११ गते भरतपुर चितवनमा सम्पन्न नेपाल कराते महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदले एक बिशेष कार्यक्रम बिच आज प्रमाण पत्र बितरण गरेकोछ । गत चैत्र ११ गते चितवनको पटिहानीमा सर्वसम्मत रुपमा निर्वाचित भएको सम्पुर्ण पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङग,नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्वर तिम्सिना,खेबिबि प्रमुख प्रेम मल्ल,कानुन शाखाका प्रमुख नारायण राज अर्याल,संघ सस्था प्रमुख चन्द्र राई लगायतले अबिर,खादा,लगाई प्रमाण पत्र बितरण गर्नुभयो । प्रमाण पत्र बितरण गर्नुअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङगले,कराते राष्ट्रको प्रतिष्ठा संग जोडिएको खेल भएकोले यस खेल संग राज्यले राम्रो नतिजा अपेक्षा गरेको बताउनुभयो । सदस्य सचिव घिसिङगले लामो समयदेखि बिवादमा रहेको कराते महासंघलाई तदर्थ समिति गठन गरि तीन महिनाको निर्वाचन गराउने गरि दिईएको म्याण्डेट भन्दा अगाडी अर्थात दुई महिनामै निर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल कराते महासंघ प्रति खुशी ब्यक्त गर्दै यस सफल कार्यबाट अन्य संघहरुले पनि सिक्नु पर्ने बताउदै नव निर्वाचित महासंघका पदाधिकारीहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

त्यसैगरि नव निर्वाचित महासंघका अध्यक्ष राखेप पुर्व सदस्य सचिव युवराज लामाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद कृतज्ञता सहित राखेपलाई बिशेष आभार तथा धन्यवाद ब्यक्त गर्नुभयो । त्यसैगरी नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्वर तिम्सिनाले अव कराते दुईटा नभएको प्रष्ट्याउदै भर्खरै निर्वाचित युवराज लामा नेतृत्वको मात्र मान्यता रहेको र अव करातेमा बिवाद नरहेको बताउदै निर्वाचित सबैमा बधाई ज्ञापन गर्नुभयो । उक्त निर्वाचनबाट सर्वसम्मत निर्वाचित हुने हरुमा राखेप पुर्व सदस्य-सचिव युवराज लामा अध्यक्ष, हरिशरण केशी बरिष्ठ उपाध्यक्ष,उपाध्यक्षहरु देव कुमार लामा,मजेन्द्र सिंह, प्रकाशमोहन धौवडेल,ओमकृष्ण प्रसाई,मकेन्द्र बहादुर सिंह,श्याम शेर्पा , महासचिव दावा गुरुङ्ग, सचिवहरु बिआर मित्र ,ध्वजमान मोक्तान,कोषाध्यक्ष किशोर प्रसाद भट्टराई र सदस्यहरु राम बहादुर सिंह ठकुरी,सन्जय सुन्दर सैंजु,रवि महर्जन,हिक्मत थपलिया,तारा प्रसाद ओली,यादव काफ्ले,राजेन्द्र बराल र शसी कुमार तितुङ्ग सर्वसम्मत निर्वाचित भएको थियो ।

उक्त निर्वाचन पछि पहिलो बैठकवाट सन्जय कुमार राई र कमला रानालाई सदस्य र दिपेश शाक्य,गणेश कार्की,निवाश गोपाल बैध,हरि बिष्ट र बिष्णु कार्की लाई सल्लाहकारमा मनोनित गरेका थिए । उक्त सम्पन्न भएको निर्वाचनको उदघाटन सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एक बिशेष कार्यक्रमबिच भर्चुअल माध्यमबाट गर्नुभएको थियो । नेपाल कराते महासंघको नया संशोधित बिधान-२०७९ अनुरुप २९ जना कार्य समिति रहेकोमा बाकी ७ जना सदस्यहरु सातै प्रदेशबाट चयन भईसकेको नेपाल कराते महासंघका समाचार प्रवक्ता गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ले जानकारी गराए ।उक्त कार्यकममा राखेप सदस्य प्रकाश कुसारी,कराते प्रमुख प्रशिक्षक तुलसी कुमार महर्जन,काठमाण्डौ जिल्ला कराते अध्यक्ष ज्ञान बहादुर जिम्वा,नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बज्राचार्य ,कराते प्रशिक्षक कुशल श्रेष्ठ ,बिभिन्न मिडियाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *