सेन्सर बोर्डले चलचित्र “काँडेतार” लाई प्रर्दशन गर्न राेक

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

सामना फिल्मस् प्रालिद्वारा निर्मित ूकाँडेतारू चलचित्र सोमबार नेपाल सरकारको सेन्सर बोर्डले हेर्‍यो। खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट दिएन। निर्माता, निर्देशक र नायक नवल खड्काले बताए यसबारे सेन्सर बोर्डसँगको अनौपचारिक, औचारीक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न मैले अनुरोध गरेको छु। आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझी ूकाँडेतारू चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छौु। नदिएको खण्डमा न्यायका खातिर अदालत जाने ,जनता, दर्शक साथ, सहयोग माग्ने, लिने अधिकार हामीमा सुरक्षित छ र हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ता को त्यस्तै दर्शक सामु पुर्‍याउनेछौ भन्दै खड्काले दर्शक लाई आश्वस्त रहन अनुरोध गरे त्ससको सम्पूर्ण दर्शकको साथ र सहयोग अपेक्षा राखेको कुराकानीका क्रममा नवल बताए । नवल खड्काका प्रायः सबै चलचित्रहरु देशभक्तिपूर्ण र परिवर्तनका लागि बनेका छन्।

स्मरण रहोस्, उनले ती चलचित्रहरुको सेन्सरका क्रममा विभिन्न झमेला बेहोर्नु परेको थियो। शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे काँडेतार चलचित्रका निर्माता माकिको राई र अन्जु के। सि। रहेकाछन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकि छिन् ,सह निर्माता रोमियन लिम्बू , बिमला कट्टेल, डा। अमित बिश्वास , राजेन्द्र भगत,पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् । श्री श्रेष्ठ को द्वन्द , कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन , मणि थापा र दिपक शर्मा को सगीत, बन्दे प्रसाद र तारा थापा ९किम्भे० को सम्पादन रहेको छ भने कलाकारहरूमा( नवल खडका ,गौरभ पहाडी , सुरविना कार्की ,रेबिका गुरूङ्ग,प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा , पुष्प श्रेष्ठ रोमियन लिम्बू , केशव रायामाझी, राजेन्द्र भगत,पर्शुराम चौधरि ,पन्नालाल सिक्दार, महेश गिरि ,खेम नेपाली,राम बिश्वास र बालकलाकार ,नादिया खडका र सनया खडका रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *