नेपाल सितोरियो कराते संघले महत्वपुर्ण निर्णय सहित आफ्ना भावी निति,कार्यदिशा,योजना र स्पष्ट लक्ष सहित ४६ ओैं बैठक सम्पन्न गरेको छ । संघको केन्द्रिय कार्यालय दशरथ रंगशाला त्रिपुरेश्वरमा ४६ ओै बैठमा संघले आफ्ना भावी लक्ष,योजना र उदेश्य सहितका निर्णय गर्ने कार्यहरु सार्वजनिक गरेका हुन । सितोरियो कराते संघले खेलकुद ऐन -२०७७ र नेपाल कराते महासंघको संशोधित बिधान अनुशार जिल्ला,प्रदेश र केन्द्रिय कार्यसमिति पुनर्गठन गरि ,हालको बिधान संशोधन सहित आगामी निर्वाचन ६० दिन भित्रमा सम्पन्न गर्ने महत्वपुर्ण निर्णय गरेको नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । त्यसैगरि मुलुकभरिका पालिका,प्रदेश र केन्द्रमा पदाधिकारी तथा सदस्य राख्ने निर्णय गर्दै प्रत्येक कमिटीमा एक महिला सदस्य अनिवार्य राख्ने पनि निर्णय गरेको छ । साथै कराते भित्र मौलाएको बिकृतीलाई रोक्न केन्द्र,प्रदेश र जिल्लामा ग्रेडिङ्ग कमिटी निर्माण गर्ने र क्रेडिट आवर पुगेका खेलाडी तथा प्रशिक्षकहरुलाई तत्काल ग्रेडिङ्ग गराउने समेत निर्णय गरेको छ भने बिगत देखि अबैधानिक रुपमा केही नक्कली प्रमाण पत्र बितरण गर्दै आएका केही अराजक समुहलाई उनिहरुको गतिविधि परिवर्तन नगरेमा कानुनी उपचारका लागि सम्वन्धित निकायमा पत्रचार गरी कारवाही गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै अबैधानिक ब्यक्तीहरुले ग्रेडिङ्ग गरि प्रदान गरेको प्रमाण पत्र लाई कुनैपनि मान्यता प्रदान नगरिने संघले निर्णय गरेको छ । त्यसैगरि नेपाल सितोरियो कराते संघले आफ्नो आयोजनामा भएको कराते प्रतियोगिता लगायत कुनैपनि कार्यक्रममा अन्य बिधाका करातेलाई सहभागी नगराउने र अन्य बिधाका करातेले आयोजना गरेको कुनैपनि कार्यक्रममा सहभागी नगर्ने / नगराउने समेत निर्णय गरेको छ,यदि संघको निर्णय बिपरित सहभागी भएको पाईमा संघले तुरुन्त कार्वाही गर्नेछ भने नेपाल कराते महासंघले आयोजना गरेको कार्यक्रममा संयुक्त सहभागी जनाउन सक्ने निर्णय गरेको नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले बताउनुभयो । साथै संघले आगामी दिनमा सितोरियो करातेलाई बलियो ,शसक्त,ब्यवस्थित र चलायमान बनाउनका निम्ति,बिभिन्न शिर्षकमा जस्तै,डोजो दर्ता शुल्क,नविकरण शुल्क,खेलाडी दर्त शुल्क,ग्रेडिङ्ग शुल्क,सिफारिश शुल्क,कार्यक्रम आयोजना शुल्क,रेफ्री दर्ता शुल्क,प्रशिक्षक प्रशिक्षण शुल्क,प्रशिक्षक लाईसेन्स र प्रशिक्षक परिचय पत्र शुल्क समेत निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल सितोरियो कराते संघको ४६ ओै बैठकमा सहभागी जनाएका संघका संरक्षक एवम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले करातेमा बिगतमा केही अबैधानिक ब्यक्तीहरुबाट भएको अराजक गतिबिधिको अन्त्य गर्दै,कराते नयाँ धार र शिरावाट संचालन हुने र कराते खेलको माध्यमवाट राज्यको स्वार्थका लागि आफ्नो नव निर्वाचित टिम ले काम गर्न गईरहेको हुदा सबै करातेकर्मीहरुलाई सहयोग गर्न समेत अपिल गर्नुभएको छ । लामाले बैठकलाई सम्वोधन तथा निर्देशन गर्दै कराते सबैका निम्ति हो तर,अराजक गतिबिधि गर्ने,महासंघको बिधि र नियम बिपरित कार्य गर्ने / गराउने जो कोहीलाई पनि छुट नभएको बताउदै सबै करातेकर्मीका निम्ति आफु हितकारी कार्य गर्ने पनि बताउनुभयो । पछिल्लो बिवरण अनुशार मुलुकभरि अफिशियल करातेका करिव १० लाख करातेकर्मी रहेकोमा सितोरियो करातेको मात्र खेलाडी,प्रशिक्षक करिव ९ लाख रहेको छ ।
Facebook Comments Box