‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७९’ सम्पन्न

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडा १६ बैशाख । नेपाली संगीतको उत्सव ‘दशौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७९’ शुक्रबार काठमाडौंस्थित लैनचौर बैंक्वटमा बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । सांगीतिक क्षेत्रको सबैभन्दा पुरानो अनलाइन पत्रिका म्यूजिक खबर डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्डको दशौं संस्करण हो । सांगीतिक क्षेत्रका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मानित पनि गरिएको थियो । म्यूजिक खबर दीर्घसाधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरियो भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिएको छ । म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिएको छ ।

म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिएको थियो भने म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरि भएको छ । त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट मध्यान्ह दैनिककर्मी पत्रकार सानुकाजी श्रेष्ठ र सञ्चारकर्मी चन्द्रमणी गौतमलाई प्रदान गरियो । अवार्ड समारोहमा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहेको थिया जसमा लोकप्रिय गायक–गायिकाहरु देबि घर्ति, राजु गुरुङ, टिका प्रसाईं, सरोज लामिछाने, शंकर बिसी, लोसिना लामिछाने, रुविना अधिकारी, रिना थापा लगायतका थिए । कार्यक्रम गायक तथा संगीतकार अशोक कुमार राईको संयोजनमा सांगीतिक समुहको सुमधुर धूनबाट सुरु गरिएको थियो । उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, गायक बद्री पंगेनी, सिताराम पोखरेल, देविका बन्दना, कोमल वली लगायत अन्य बिशिष्ठ कलाकर्मीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । आयोजक संस्थाका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा भएको कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी दिनेश डिसि र निराजन भण्डारीले सहजीकरण गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *