माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेकपा माओवादी केन्द्रका पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन् । अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ । यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन् ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिइएको छ । त्यस्तै उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मा दिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *