नवौ सगरमाथा अन्तराष्ट्रीय कराते,जेठ दोश्रो साता देखि

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २४ औं बार्षिकोत्सवको अवशरमा आगामी जेठ दोश्रो साता देखि नवौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता सन्चालन हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत,बंगलादेश,श्रीलंका,भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता जनाउनेछ । प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा -३३ -३५,-४०,-४५ ,एकल काता र पुरुष कै सिनियर तर्फ -५०,-५५,-६०,-६७ -७५,-८४ किलो तौल समुह का साथै मास्टर्स ईभेन्टस र सिनियर एकल काता गरि १३ ईभेन्टस र महिला तर्फ जुनियर तथा क्याडेट -३३,-३५,-४०,४५ किलो,एकल काता र महिला कै सिनियर तर्फ -४५,-५०,-५५,-६१ ,६७,+६८ किलो तौल समुह र एकल काता गरी १२ ईभेन्टसका गरि कुल २५ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपॉगी ‘ईश्वर’ ले जानकारी गराउनुभयो ।

दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल भईसकेको यस शाखा नक्सालले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुकभर कै अग्रपंक्तीको डोजोको रुपमा परचित रहेका छन । प्रतियोगितामा बिजेता खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने टिम प्रथम हुनेले आकर्षक ट्रफी,प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन । त्यसैगरि उत्कृष्ठ महिला तथा पुरुष खेलाडीले आकर्षक ट्रफी,प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन भने उत्कृष्ठ मार्च पास टिम, उत्कृष्ठ अनुशासित टिम र उत्कृष्ठ फेयर प्ले टिम लाई आकर्षक ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । बिगत २४ बर्ष देखि निरन्तर रुपम बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्दै आईरहेको शाखा डोजो नक्सालको समग्रमा यो प्रतियोगिता २४ ओै तथा नवौ अन्तराष्ट्रिय कराते प्रतियोगिता हो । गत बर्ष सन्चालन भएको आठौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम प्रथम,भारत दोश्रो र भुटान तेश्रो भएको थियो । लगातार ३ दिन सम्म निरन्तर हुने यस प्रतियोगिता काठमाण्डौ लैनचौर स्थित टिटि कभर्डहलमा सन्चालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *