सरकारद्वारा देशका विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका कालिकोट लगायत विभिन्न ठाउँमा सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रूपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।

त्यस्तै प्रवक्ता शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको भन्दै ललिता निवास प्रकरणका जोसुकै दोषीहरूलाई उन्मुक्ति नदिने बताइन् । प्रवक्ता शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको र सरकार ढल्ने कुरा अफवाह भएको धारणा राखिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *