सिनामंगलमा शंकास्पद वस्तु राख्ने एक जना पक्राउ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटरमा शंकास्पद वस्तु राख्ने एक जना पक्राउ परेका छन् । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ । त्यसैगरि उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको बताएको हो । उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा भेटिएको थियो । पर्चामा आरडीएक्स बारुदको बम राखिएको उल्लेख गर्दै सावधान रहन भनिएको थियो ।

उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा भेटिएको थियो । पर्चामा आरडीएक्स बारुदको बम राखिएको उल्लेख गर्दै सावधान रहन भनिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *