एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिस्ट पार्टीले प्रदर्शन गर्दै

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं- संसद बाहिर रहेका चार साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।

हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिस्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

 

AUTHOR
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *