धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

समाचार
खवर पाटी (खोज खबरको अभियान)

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको छ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२६ च २९६८ नम्बरको कार र काठमाडौंबाट धादिङवेशी आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बस जुगेखोलामा ठोक्किँएका हुन्।

दुर्घटनामा कारमा सवार पाँच जनाकै मृत्यु भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका सबैजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। ट्याक्सीलाई ओभरटेक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किँएपछि दुर्घटना भएको हो। नेपाल घुम्नका वैशाख ७ गते नेपाल आएका भारतीय नागरिक आइतबार पोखराबाट काठमाडौं फर्कदै थिए। उनीहरुले दिल्ली उड्ने टिकट गरिसकेको भेटिएको प्रहरीले बताएको छ।

गोरखापत्र मा प्रकाशित

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *