एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए । उनले १४ चौका र ४ छक्का हिर्काए । इफ्तिकार अहमदले १०९ रन जोडे । इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए । मोहम्मद रिजवानले ४४ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट हात पारे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *