युवराज मैनालीको लघुकथा बगैंचे

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

लघुकथा
शिर्षक : बगैँचे
कथाकार : युवराज मैनाली
आ दिक्कलाग्दो ! अहिलेको निवास निवासजस्तो भएन । वर्षामा पानी रसवरी जस्तै रसाएर चुहिरहन्छ, हिउँदमा त्यहींबाट चिसोले कुस्ती खेल्छ, अब यस्ता घरमा बसेर हुन्न । ऊ पर खाली जमीन छ, आधुनिक सुविधासम्पन्न घर भवनको नक्शा बनाउनोस् डि.इ.साहेव । कसरी राम्रो होला ? यो हाम्रो निवास, एउटा नमुना बनोस् है त ।

प्रजिअका कुरा सुनिरहेका डि.इ बिष्णुप्रसाद अक्क न बक्कमा परे । भनौँ, आफ्नै बेइज्जत, नभनौँ भनेको गर्ने क्षमता नै कहाँ ? मुख रातो भयो बोटमा पाकेका गोलभेँडा जस्तो । पसिना चिट्चिट् बग्न लागे बिहानीपख दुबोको पातबाट झरेको शीतजस्तो । ‘होइन, कुरा सुन्नु भएन ? कि नचाहेको ? खै जवाफ ?? दिनुहुन्न त ।’

डि.इ यही अनुहारमा यही भिजाइमा हतार हतार बोले ‘हस हजुर ! हस, तुरुन्त प्रजिअसँग विदा भएर उनी निस्के । । भोलिपल्ट प्रजिअले पिएलाई भने—‘तुरुन्त डि.इलाई बोलाउनोस् ।’ डि.इ काँप्दै प्रजिअ कक्षमा पुगे । धुनुष्टङ्कार उही न हो टक्र्याएर उभिए थुर्थुरमै ।’ नक्शा भएन अहिलेसम ? प्रजिअ कड्किए । ‘मेरा ओभर्सियर, इञ्जिनीयर विदामा छन्, अजुर ! उनीहरु आएपछि टक्र्याउँछु ।’ मलीन आवाजमा उत्तर दिए डि.इले । ‘मेरो आज्ञाको अवज्ञा गर्ने ? अरुका भवन भए टन्न कमिसनका धोक्रा बज्थे अनि कान ठाडा हुन्थे काम पनि तुरुन्त । यी प्राविधिक कर्मचारीहरु कामै लाग्दैनन् ।’ प्रजिअ एकोहोरो ओठको बोली बोलिरहे । मनमा त उनलाई पनि थाहा छ आफू पनि त उही हो । डि.इ चाहिं थर्थरी काँपेका आवाजमा हजुर.. हजुर मात्र । ‘तपाईलाई म सारिदिन्छु । विभागमा कम्प्लेन गर्छु’ प्रजिअले भन्ने बित्तिकै उनी निस्के ।

डि.इले इञ्जिनीयरलाई तुरुन्त बोलाएर प्रजिअको भवनको नक्शा बनाउनका लागि उनैकहाँ पठाए । ‘होइन इञ्जिनीयर साहेव ! डि.इ त मलाई पनि टेर्दा रहेनछन् त । निवासको एउटा नक्शा बनाऊ न भन्दा तपाईंलाई पो पठाए त ।’ ‘कुरा त्यसो होइन हजुर ! उनी इमान्दार छन् सोझा र भलाद्मी पनि । हजुरले भनेको त जिल्लामा इन्कार कसले गर्छ र ! उनी हुप्रबाट यस पदमा आएका हुन् । उनलाई इञ्जिनीयरिङ्को इ ज्ञान पनि छैन । उनी माली हुन् बगैंचाका । राजाको सवारी हुँदा मन्त्रालय परिसरका सुन्दर बगैँचा देखेर कसले बनाएको सोधपुछ हुँदा लहडी राजाले उनलाई यो पद दिएका हुन् । गणतन्त्र आएपछि एक तह पदोन्नति भएर यसमा छन् ।’ सुनेर प्रजिअ छक्क परे भने —‘बगैँचेलाई डि.इ राम ! राम !! घनश्याम, हाम्रा विष्णुका अवतार मानिने महाराजाहरु, हाम्रा जनोत्थान र देशोत्थानका मियो ठानिने गणतन्त्र नायकहरु !! ल , चिटिक्क परेको भवनको नक्शा बनाउनु होस् है त… !

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *