सबैभन्दा पहिला देशको माया भएको नेता चाहिएको छ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)

उज्वल कृष्ण श्रेष्ठ

सहमहामन्त्री, राप्रपा

मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?

मुलुकको वर्तमान अवस्था चिन्ताजनक छ । जताततै विकृति–विसंगति छ । देशको बारेमा, जनताको बारे बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक कोही देखिएका छैनन् । देशको राष्ट्रियतामाथी चोट पुगेको अवस्था छ । देशको राष्ट्रियतामाथि चोट पुगेको अवस्था छ । नेपालमा रोजगारी नपाएर देशका होनाहार युवालाई विदेश जानु परिरहेको छ, विदेश गरिरहेका छन् । नेपालमा भएका युवाहरुमा पनि राजनीतिक, सामाजिक तनाव देखिन्छ । युवाहरु नै स्वदेशमा नरहेको अवस्थामा कसको लागि, के को लागि राजनीति गर्ने ?

यो मुलुक कठिन मोडमा छ । सत्तामा रहेका लागि त शान्ति होला । तर, जनतालाई शान्ति छैन । विकास निर्माण ठप्प छ, शिक्षा स्वास्थ्य क्षेत्रमा बजेट प्रयाप्त बजेट छैन । यस वर्षको बजेट पनि धनिलाई झन धनि गराउने गरि आयो । देशमा कलकारखाना थप्ने, देशका युवालाई स्वदेशमै रोजगारी दिने गरी बजेट आएन । यहाँ हाम्रो धर्म–संस्कृति माथि प्रहार भइरहेको छ । धरानमा गाई काटे । ९४ प्रतिशत हिन्दुहरुले मानि आएको हिन्दु धर्ममाथि प्रहार भयो । यसमा सरकार मौन छ, यस विषयमा सरकारी निकायले एक शब्द सम्म बोल्न रुचाएनन् । गाइ काट्नेलाई नेपालको कानून बमोजिम कडा कारवाही गर्नु पर्छ । गाई हाम्रो राष्ट्रिय जनावर मात्र होइन हिन्दुहरुको आस्थाको प्रतिक हो ।  यतिबेला देशको माया गर्ने, राष्ट्रियता प्रति प्रतिवद्ध शक्ति ओझेलमा देखिन्छ । जबसम्म राप्रपाले सरकारको नेतृत्व गर्ने अवस्था आउँदैन जबसम्म देशमा शान्ति हुने छैन जनतामा शान्ति हुने छैन ।

ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरणलाई कसरी लिनु भएको छ ?

ललिता निवास जग्गा प्रकरणलाई हेर्दा सर्वसाधारणले गरेको भए अर्कै कुरा, कर्मचारीहरुले मात्रै गरेको भए अर्कै कुरा तर देशै चलाउछु, देशमा सुशासन दिन्छु भनेर आएका पूर्व प्रधानमन्त्रीदेखि पूर्व मन्त्रीसम्म ललिता निवास जग्गा प्रकरणमा सहभागी भएको देखिन्छ । यो प्रकरणमा तेरो मेरो नभनी न्याय दिनु पर्छ ।
यसै गरी नक्कली भुटानी शरणार्थी प्रकरणले नेताहरुले देशका नागरिकलाई कसरी वेच्दा रहेछ भन्ने प्रमाणित भयो । यो प्रकरण वेइमानी हो, जनघात हो, राष्ट्रघात हो । यो प्रकरणमा पनि साना माछालाई समातेर ठुला माछालाई उन्मुक्ति दिएको देखिन्छ । नक्कली भुटानी शरणार्थी प्रकरण क्षणिक सुन्नको लागि रमाइलो मात्र भयो । यो प्रकरणमा संलग्न ठुला ठुला नेता चोखिए, उन्मुक्ति पाएँ ।  यसै मेसोमा सुन काण्ड छानविन गर्न आयोग गठन गर्ने भनिएको छ, यो नाम मात्रको हुने देखिन्छ । ठुला दलहरु आयोग गठन गरेर यो प्रकरणबाट पन्छन खोजेको देखिन्छ । यस्ता कति प्रकरण देखिए देखिए । ओम्नि काण्ड देखियो, ऐनसेन काण्ड देखियो, प्रिन्टिङ प्रेस काण्ड देखियो, यति काण्ड देखियो, अयोग्य लडाकु काण्ड देखियो । यो भन्दा धेरै काण्ड हामीले देखेका छौ, सुनेका छौ ।
नागरिकता विधेयक पास हुनु, देशै भरि व्रिmस्चियन अधिकतम बढ्नुले देशकै राष्ट्रियतामा खलल पुगिरहेको देखिन्छ । हामी राजनीतिको कुरा गर्छाै, पार्टीको कुरा गर्छाै, देशै नरहेको अवस्थामा कहाँ राजनीति गर्ने ? कहाँ पार्टी चलाउने ? त्यसैले यस्ता विषयमा एउटा दुईटा पार्टी मात्र होइन, सबै पार्टीहरु गम्भिर हुनु पर्ने बेला आएको छ । यो विषयमा हामी अहिल्यै गम्भीर भएनौ भने भोलि ढिला हुनेछ ।

यति बेला राप्रपा कसरी अघि बढिरहेको छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कुरा गर्दा सबै भन्दा पहिला यसको इतिहास केलाउनु पर्छ । राप्रपा जन्म सिद्धै राजसंस्था र हिन्दुवादी पार्टी हो । राप्रपामा बुढाहरु धेरै देखिए तर युवाहरुमा आकर्षण देखिएन भनिन्छ । त्यसैले राप्रपाले सबैभन्दा पहिला पार्टीमा युवाहरुलाई भित्र्याउनु पर्छ । केन्द्रदेखि स्थानीय तहसम्म युवाहरुलाई सम्मानजनक स्थान दिनुपर्छ । युवाहरुलाई संगठित गरेमा, महिलाहरुलाई यथोचित स्थान दिएमा मात्र राप्रपाको भविष्य छ । युवा र महिलालाई भित्र्याएको अवस्थामा आगामी निर्वाचन देखि राप्रपामा राम्रो स्थान रहदै जाने छ । एक दुई निर्वाचन हुँदै राप्रपा देशको प्रमुख शक्ति बन्न सफल हुनेछ । यसै मेसोमा राप्रपाले नविन राप्रपा अभियान संचालन गरि रहेको छ । यो अभियान ४० वर्ष मुनिका युवाहरु र महिलाहरुलाई राप्रपामा भित्र्याउन र उचित नेतृत्व दिनैका लागि हो । अब राप्रपाले देशैभर २ लाख भन्दा बढी सक्रिय सदस्यता पु¥याउँदैछ, यो हामी सबैको खुशीको कुरा हो ।
हिन्दु धर्म मान्नेको लागि राप्रपाको विकल्प छैन, राजसंस्था मान्नेका लागि राप्रपाको विकल्प छैन, देश र जनताको माया भएको लागि राप्रपाको विकल्प छैन । जहाँ जनता, त्यहाँ राप्रपा । हामी नविन राप्रपा अभियान लिएर जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, गाउँ–गाउँ, टोल–टोल पुगिरहेका छौं । यो अभियान भव्य र सभ्य रुपमा सफल हुँदैछ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनु भएको छ ?

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन कुशल संगठक, इमान्दार राजनीतिज्ञको रुपमा रहनु भएको छ । उहाँ स्पष्ट वक्ता हुनुहुन्छ । उहाँले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ, यहि हाम्रो लागि मार्गदर्शन हो । के अन्य पार्टीका नेताहरुले यस्तो भन्न सक्छन् ? यो देशमा शासन सत्ता प्राय क्षेत्री बाहुनले चलाउँदै आएका छन्, यो राप्रपा जस्तो महत्वपूर्ण पार्टीमा जनजातीको छोराले नेतृत्व गर्नु हामी सबैलाई गर्वको विषय हो । हामी अध्यक्ष लिङ्देनको मार्गदर्शन मान्न हृदयदेखि तयार छौ ।

देशमा किन राजनीतिक अस्थीरता किन भइरहेछ ?

ठुला दलकै कारणले देशमा राजनीतिक अस्थीरता भएको हो । नेताहरुलाई देशको चिन्ता छैन । आफु र आफ्नो पार्टीको मात्र चिन्ता छ । जनताको दुःखको कुरा सुन्दैनन् । सरसर्ती भन्दा प्रमुख दलहरुको नेताहरुकै कारण देशमा अस्थीरता भएको हो ।

यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय भएको चर्चा छ, यहाँ यस वर्षमा के भन्नु हुन्छ ?

यसै मेसोमा भन्दा राजा ज्ञानेन्द्र सक्रिय हुनु स्वभाविक हो, जनताले आँशु बगाएको बेला राजा बोल्नै नहुने, जनताले बोलाएको कार्यक्रममा जानै नहुने हो ? जहाँ जहाँबाट राजाको सम्मान हुन्छ, त्यहाँ त्यहाँ राजा पुगेको हामीले देखे सुनकै हौ । वास्तवमा भन्ने हो भने राजा ज्ञानेन्द्रलाई पहिला जस्तै देश र जनताको माया छ । राजा ज्ञानेन्द्रले तत्कालीन अवस्थामा जन चाहना बमोजिम नै ‘जनताको नासो जनतालाई सुम्पिए’ भनेर राजनीतिबाट टाढा हुनु भएको हो, राजगद्दी त्याग गर्नु भएको हो । तर आज देशमा राजनीतिक अवस्था फेरिएको छ । गाउँ–गाउँ, टोल टोलका जनताले ‘राजा आउँ, देश बचाऊ’ भनिरहेका छन् । यो अवस्थामा राजा ज्ञानेन्द्रले पूर्ववत रुपमा नेतृत्व प्रदान गर्न अघि बढ्न खोज्नु स्वभाविकै हो । अब राजा झन झन सक्रिय हुनु पर्छ । जिल्ला जिल्ला, क्षेत्र क्षेत्र, गाउँ गाउँ, वडा वडा पुग्नु पर्छ । जसरी जनताको चाहना अनुसार राजाले गद्दी त्याग्नु भएको थियो । त्यसरी नै जनताकै शक्तिबाट राजसंस्था पूनरवहाली गर्नुको विकल्प छैन । राजसंस्था साझा हो । यसको हामीलाई माया छ । राजसंस्था र हिन्दु धर्म सम्मान गरिरहेका छौ ।

देश व्यापी रुपमा फैलिरहेको महँगी बारे के भन्नु हुन्छ ?

महँगी त संसार भर नै छ । जहाँ कमाई हुँदैन, त्यहाँ महँगी हुन्छ । नेपालमा जनताको कमाई नभएकोले महँगी भएको हो । के खाद्यान्न, के नून तेल, के विलाशिताका वस्तु सबैमा नेपालमा महँगी छ । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र मुकदर्शक बनिरहेको अवस्था छ । प्रमुख दलका नेताहरुकै कारण जनता झन झन गरिब भएका हुन्, नून तेल, चामल, दाल, तरकारीसम्म किन्न नसक्ने अवस्थामा पु¥याएका छन् । नयाँ बजेट आउँछ, यस्तै विषयमा ध्यान पुगेको देखिदैन ।

देशमा कस्ता व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ ?

देशको माया भएको, राष्ट्रियताको विषयमा अटल रहने, देश र जनताप्रति इमान्दार रहने व्यक्ति देशले खोजिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यस्तो व्यक्तिमा पर्नु हुन्छ । जनताले राजेन्द्र लिङ्देनको नेतृत्व खोजिरहेका छन्, विश्वास गरिरहेका छन्, मलाई लाग्छ, यो दिन पर छैन ।

देशको वर्तमान विकास के हो त ?

देशको लागि, विकास र समृद्धिको लागि जनता असल र भ्रष्टाचारमुक्त राजनेता खोजिरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमा जनताले खोजिरहेको गुण छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस्न ?

कुनै पनि नेता आफु लोकप्रिय हुन खोज्छन्, तर देश र जनताको माया गर्दैनन् । त्यसैले सबैभन्दा पहिला देशको माया भएको नेता चाहिएको छ । यहि कुरा जनतालाई बुझाउन र राप्रपालाई देशको नेतृत्वमा पु¥याउन नविन राप्रपा अभियान चलाएको हौ । यो अभियान युवा र महिलालाई राजनीतिमा भित्र्याउन हो, यसमा सबैले सहयोग र साथ दिनु होला ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *