काठमाडौँ- भारतले आठौँपटक एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँपटक उपाधिमाथि कब्जा जमाएको हो ।
श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ ओभर १ बलमा पूरा गर्यो ।भारतको जितमा ईशान किशनले २३ रन तथा शुवमन गिलले २७ रनको योगदान गरे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ५० रनमात्र जोड्न सक्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन जोडे । भारतीय बलर मोहम्मद सिराजले ६ विकेट हात पारे । हार्दिक पाण्डयाले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
Facebook Comments Box