मेलम्ची खानेपानीका पूर्व बोर्ड अध्यक्षसहित १५ जना बढीविरुद्ध करोडौँको भ्रष्टाचार मुद्दा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, । मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसहित १५ जनाभन्दा बढीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा उपाध्यायविरुद्ध आइतबार चार करोड ११ लाख ३४ हजार २७९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यस्तै, तत्कालीन बोर्ड अध्यक्ष एवम् खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ रुपियाँ बराबरको जरिवाना एवम् बिगो रकम असुल गर्न मागदाबी लिइएको आयोगले जनाएको छ ।

बोर्डका तत्कालीन अध्यक्ष तथा मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार ४५८ रुपियाँ, सदस्य चन्द्र बहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यस्तै, समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपियाँ, राम चन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपियाँ, सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख ९८ हजार २८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा सजायको मागदाबी लिई उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *