काठमाडौं । गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गत साता सम्पन्न ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०’ कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत ‘जुरी’ अवार्डबाट सम्मानित भएका गायक कृष्ण गैरेलाई पुष १ गते नयाँ दिल्लीमा सम्पन्न ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०२३ मा कार्य ब्यस्तताका कारण उपस्थित हुन नसकेता पनि उक्त संस्थाले कार्यक्रममा आउन असमर्थ रहेकाहरुलाई सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान प्रदान गरेको हो । गायक कृष्ण गैरे ‘रेलैमा…’ झ्याउरे गीत मार्फत वर्षको सर्बोत्कृष्ट मौलिक गायक ‘पब्लिक च्वाईस’ अवार्ड मार्फत सम्मानित भएका हुन् ।
Facebook Comments Box