कराते टोली अमेरिका प्रस्थान

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

अमेरिकाको टेक्सास शहरमा यही मार्च २८ देखि शुरु हुन गईरहेको अमेरिका ओपन कराते प्रतियोगितामा सहभागी हुन ४ सदस्य नेपाली कराते टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।यही मार्च २८ अर्थात चेत्र १५ देखि शुरु हुने प्रतियोगितामा ६८ किलो भन्दा माथि १९ ओै एशियाडका रजत पदकधारी एरिका गुरुङ्ग र ८४ किलो भन्दा माथि १३ ओै साग गेम्सका स्वर्णधारी विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछ । एरिकाले एशियाडमा रजत पदक बिजयी पश्चात ठुलो अन्ताष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन लागेको यो पहिलो प्रतियोगिता हो ।उक्त कराते टोलीलाई नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायत महासंघका पदाधिकारी तथा सल्लाहकारले एक बिशेष कार्य्रक्रम विच शुभकामना सहित बिदाई गरे । अप्रिल १ सम्म सन्चालन हुने उक्त प्रतियोगिताको प्रशिक्षकको भुमिकामा कुशल श्रेष्ठ र दिपक श्रेष्ठ रहनेछ ।यस अघि उक्त कराते टोली लाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले सफलताको शुभकामना सहित बिदाई गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *