काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक गोदावरीमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरे ।
आजको बैठकमा राजनीतिकसँगै, सांगठनिक र आयोगका प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदन प्रस्तुत गरेपछि ६ वटा समूहमा विभाजन गरेर र छलफल गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । बैठक भोलि सकिनेछ ।
Facebook Comments Box