मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन् ।

प्रादेशिक अस्पतालमा न्युरोलोजीलगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको सिरोहियाका वकिल रमन कर्णले बताए । सिरोहियाले मुटुमा समस्या आएपछि यसअघि मुम्बईमा पनि उपचार गराएका थिए । नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर अफिसबाट पक्राउ गरेर प्रहरीले जनकपुर लगेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *