तामाङले आँखाको संसार निर्माण गर्ने

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पुराना निर्माताहरु पलायन भैरहेको वर्तमान अवस्थामा युवा पुस्ता चलचित्र निर्माणमा अग्रसर देखिएका छन् । नयाँ नयाँ विषयवस्तुको चयन गरि व्यवसायिक हिसावले चलचित्र निर्माणमा देखिएका छन् विशेष तामाङ । बहुप्रशिक्षित तर बजारमा हल्लाकम भएको समसामयिक घट्ना र समाजको यथार्थ ऐनाको रुपमा चलचित्र ‘आँखाको संसार’ निर्माणको अन्तिम तयारीमा छौ. उनले भने । गीत, संगीतको काम भैरहेको निर्माणधिन चलचित्र ‘आँखाको संसार’मा साउण्ड व्यवस्थापनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेका युवा समाजसेवि विशेष तामाङ सहनिर्माताको रुपमा जोडिएका छन् । छायाँकनको तयारीमा रहेको ‘आँखाको संसार’ विदेशमा रहेका नेपालीहरुको निर्माणमा सहकार्य रहने र भारत, क्यानडा र नेपालको बिभिन्न स्थानमा छायांकन हुने निर्देशक वेदप्रसाद भूर्तेलले जानकारी गराएका छन् । भोजपुरका स्थानीय वासिन्दा भएपनि मोरङलाई आफ्नो कार्य क्षेत्र बनाउदै आइरहेका विशेष तामाङ सानै देखि कलाको क्षेत्रमा बिभिन्न रुपले जोडिदै आइरहेका छन् । यो चलचित्रमा कलाकार र सहनिर्माताको रुपमा सहभागिता जनाउन पाउँदा आफुलाई खुशी महशूस भएको र आगामी दिनमा पनि यसै टिममा सहकार्यलाई निरन्तरता दिने बताए । निर्देशक वेदप्रसाद भूर्तेलका अनुसार यो चलचित्रमा नयाँ र पुराना कलाकारको भूमिका रहने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *