गायक संगीतकार राम कार्कीको एक उत्कृष्ट सृजना काचको मुटु

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक राम कार्कीको स्वरमा रहेको आधुनिक गीत काचको मुटु सार्वजनिक भएको छ । राम कार्की कै संगीत र संगीत संयोजन रहेको उक्त पछिल्लो समय बजारमा आएका गीतहरु मध्येको एक उत्कृष्ट गीतको रुपमा चर्चित भईरहेको छ । सरोजराज अधिकारीको शब्द रचना रहेको रहेको उक्त आखाले हेर्ने भन्दा मन मष्तिस्कले रुचाउने रहेको छ । नेपाली सांगीतिक बजारमा आईरहेका व्यावसायीक गीतहरुको तुलनामा निकै नै गहकिलो गीतको रुपमा काचको मुटु रहेको छ । शब्द संगीत र स्वरको तालमेलसंगै संगीत संयोजनको उत्कृष्ट संयोजन रहेको गीतबाट नेपाली गीत संगीतले थप एउटा कालजयी गीत पाएको छ । कलाकार ज्योती खड्का र स्वय राम कार्कीको अभिनय रहेको काचको मुटुबाट आत्मसन्तुष्टि मिलेको गायक संगीतकार कार्की बताउछन । मलाई यस्तै कालजयी गीत संगीतमा रम्न मन छ उनी भन्छन् । चलन चल्तिका गीत संगीतमा पनि उक्तिकै सिपालु राम एउटा सर्जक भए पछि सबै किसिमका कामहरु गर्नु पर्छ तर यस्ता गीत संगीतमा जोडिन पाउदा बेग्दै किसिमको आन्नद मिल्दो रहेछ भन्छन् । काचको मुटुलाई निर्देशन सुरेस थापाले निर्देशन गरेका छन भने छांयाकन प्रवेश पोखरेलको रहेको छ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *