लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु, ६५ घाइते

विश्व
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । घटनामा ६५ जना घाइते भएको लेबनानी सैन्य स्रोतले जनाएको छ ।

सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिब ९० वटा आक्रमण गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र सहरहरूलाई निसाना बनाएका थिए । आक्रमणकारीले धेरै क्लिनिक र नागरिक सुरक्षा केन्द्रहरूमा पनि आक्रमण गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *