एक्टर, मोडल केसी, बराल लगायतलाई मानर्थ सदस्य

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १८ असोज । सामाजिक रुपान्तरणका लागि नागरिक समाज भन्ने मूल नारा सहित नागरिक समाजले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा मानर्थ सदस्य प्रदान गरेको छ । संघीय सरकार प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी लगायत लामो समय देखि एक्टर, मोडल दिनेश केसीले नेपाली फिल्म क्षेत्रमा तथा म्युजिक भिडियोमा पुराउनु भएको अतुलनीय योगदानको कदर स्वरुप उहाँलाई नागरिक समाजको मानर्थ सदस्य प्रदान गरिएको छ । अन्य मानर्थ सदस्यता पाउनु हुनेमा निर्देशक, सिनेमाटोग्राफर, रबिन्द्र बराल, मोडल प्रतिक्षा काफ्ले लगायत बिश्व बुद्धिष्ट महासंघको अध्यक्ष आनि भिक्षु भिमसुवा गुरुङलाई संस्थाको मानार्थ सदस्य प्रदान गरिएको थियो ।
सो अवसरमा मोडल, एक्टर राज टाईगर, साबित्रा घिमिरे, अप्सरा थापा, विद्या श्रेष्ठ, इशा अधिकारी लगायतलाई पनि सम्मान प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष याम बहादुर जिसीको सभापतित्वमा प्रज्ञा भवन कमलादिमा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *