हिजबुल्लाहको ‘प्रमुख बन्न लागेका’ नसरल्लाहका भाइ सफीद्दीन पनि मारिए !

मुख्य समाचार विश्व
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार, इजरायली सेनाले बिहीबार बेरुतमा सफीद्दिनलाई निशाना बनाएर मारेको हो ।

न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले भूमिगत बंकरमाथि हवाई आक्रमण गरेको थियो । जहाँ हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठकको आयोजना गरेका थिए । सफीद्दिन बैठकमा सहभागी हुन जाँदै थिए । त्यसैबेला आक्रमण गरिएको जनाइएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाह दुवै सफीद्दिनको हत्याबारे कुनै जानकारी दिएका छैनन् । गत हप्ता नसरल्लाह मारिएपछि सफीद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो ।

सफीद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्थे । त्यसैले नसरल्लाहले जस्तै कालो पगडी लगाउँथे । सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्थे । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *