प्रणाली नै फेर्ने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएका छन् । भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफूले पाएको बताइन् ।

अहिले नेपाल सरकारसँग भारतीय निकायहरू जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् ।

“राजनीतिक विषयमा खासै कुराकानी भएन । तर, उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने बुझिन्छ । अहिलेको सरकारसँग उहाँहरू एकदम इंगेज हुनुहुन्छ । अहिले नै सरकार वा सिस्टम फेरिने आशय मैले देखिनँ,” उनले भनिन् ।

परराष्ट्रमन्त्री राणाले भारतमा रहँदा भारतलगायत अन्यदेशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको जानकारी दिइन् ।

नेपाल र भारतका संयन्त्रहरूलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

उनले नेपालमा देखिएको विद्युत् अभावको समाधानका लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युत्‌को परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *