थप ११४ जनामा देखियो कोरोना, कुल संक्रमित संख्या ८८६ पुगे

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बुधबार विभिन्न स्थानमा गरिको स्वास्थ्य परिक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३, कोशी अस्पतालमा झापाका १७, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

विवरण हेर्नुहाेस्

 

Facebook Comments Box