भारत छिमेकी देशहरुका लागि खतरा बनेको पाकिस्तानको घोषणा

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी,  नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले कब्जा गरेको बिषयमा नेपालले कुटनीतिक प्रतिरोध जारी राखेका बेला पाकिस्तानले पनि नेपालको बिषयलाई जोडेर भारतको आलोचना गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतको हिन्दु विस्तारवादी नीति नाजीवाद जस्तो रहेको भन्दै भारत छिमेकी देशहरुका लागि खतरा बनेको घोषणा गरेका छन् ।
प्रधानमन्त्री खानले नागरिकता कानुनका नाममा बंगलादेश, सिमाका नाममा नेपाल र चीन तथा पाकिस्तानमा भुट्टा सैन्य अप्रेसनको धम्की दिएको बताएका छन् ।


साथै उनले भारतले जम्मु कास्मीरमाथि कब्जा गरेर त्यहाँका नागरिकलाई दोस्रो दर्जाको नागरिक बनाएको र यो पनि क्षेत्रीय शान्तिका लागि खतरा भएको बताए । साथै फासीवादी मोदी सरकारले देशभित्रै पनि अल्पसंख्याकलाई दोस्रो दर्जाको नागरिक बनाएको खानले टिप्पणी गरेका छन् ।
नेपालले भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउने अभियानमा हालै नयाँ नक्सा जारी गरेको छ भने भारतलाई कुटनीतिक प्रोटेष्ट नोट र वार्ताको लागि पत्राचार गरेको छ । भारतले नेपालको भूभाग फिर्ता गर्न अटेर गर्दै आईरहेको छ ।

Facebook Comments Box