कबिता:
प्यारो …
हराभरा प्रकृतिमा
शालिन सहिष्णु अवतार
प्रकृतिको सामिप्यतामा
हुर्किएको मानब अवतार ।
प्रकृतिसॅंग संघर्ष
कहिले जितेर, हारेर, मिलेर
कहिले पौठेजोरी खेलेर
सुचारू जीवनलिला
बिपत महामारी पार गरेर
मानब अस्तित्व बचाएर ।
मानब सृष्टिको सुभारम्भ सगैं
सुनौलो दिनको अभिलाषामा
आशाको त्यान्द्रो बोकेर
कठ्याङ्ग्रिएर हात खुट्टाहरू जोत्दै
बाझों भिरालो जमिन बिराएर
समथरलाई उकेरा लगाएर
मल जल गर्दै रोपेको बिऊ
अंकुरामा सपना बुन्दै
टोलाएको मान्छे ।
संभावनाको पर्खाईमा
दोबाटोमा दिशा बिहिन यात्रु सरी
कुहिरोको काग सरी
उद्देश्य बिनाको यात्रु सरी
धमिलो पानीको माछा सरी
थुनिएको बिरालो सरी
पैदल यात्रा चन्द्रमा आट गरे सरी
गोरेटो दिशा बिहिन बनेको बेला
जीवन र बाटो अन्धकार बनेको बेला
बाटो रेखाङ्कन र सिमाङ्कन गरी
जीवनको हाइ बे बनाइ दिने मान्छे ।
भेटाइमा सिमा नहुने
बोलाइमा थकान नहुने
घुच्याईमा चोट नहुने
पर्खाईमा अत्यास नहुने
हेराइमा टोलाइ रहने
कुरामा दोहोरी रहने
परिवार, गाँउ, समाज, देश बिदेशले
आशा र भरोषा गरेको मान्छे ।
छिमेकी र सहपाठीको तुलना गरी
आदर्शको माला पहिर्याई
सत्कर्मको जप गर्दै
बिश्व बिजेताको तक्मा साध राखी
अबिराम बाध चिनी
आशाका सबै किरण बुनेको मान्छे ।
पैसा सित चल्ने समाजमा
आफ्ना सपना तुहाई
अरूको भविश्यमा दिनरात खट्ने भगवान
सेवाभाव हराएको बेला
आफ्नो दु:ख थाहै नदिइ
थकावटको चेहरा लुकाई
सबैले साथ छोडेको बेला
हर समय हिक्मत दिन
आफ्नो पेट खाली राखी
अरूको पेट भर्न
अरूलाई मिठो खुवाई
आफू नमिठो पनि खान
अरूलाई राम्रो जुता- लुगा किनी
आफू पुरानाले काम चलाउन
आफूलाई भन्दा अरूलाई माया गर्न
आफ्नो भन्दा अरूको खुसीमा रमाउन
धुपको यात्रामा पानी मागे जुस किनी दिन
आफू पानीले घाटी भिजाइ अगि बढ्न
आफ्नो गास काटाएर अरूलाई खुवाउन
बिना बर्दी बिना छुट्टी खटिएको मान्छे ।
मरुभूमिको वृक्ष जस्तै
भीरको सिउडी जस्तै
रूखमा उम्रिएको अझेउरी जस्तै
ढुङ्गाको कापमा उम्रिएको वृक्ष जस्तै
दुई ढुङ्गाको तरूल नेपाल जस्तै
मान्छे मान्छेको भीडमा हराई
उन्नतिका मुना ओइलाई
आफू धरातलमै हराई
जीविकोपार्जनमा रूमलिएको मान्छे ।
चौबाटोले कुरी बसेको बेला
बोट, वृक्ष, खेतबारी,जनावर
चौपारी, प्रतिक्षालय
कुवाँ,पोखरी, पानी, मुहान
भुई, कुर्सी, सोफा, कम्प्यूटर
आदिले कुरी बसेको मान्छे ।
पिल्सिएर दबिएर लगलग कापेको हातहरू
मासु हराई हड्डी छालाले कठाङ्रिएको शरिर
दु:खका चेहरा लुकाई हाँसेको अनुहार
ज्यानको जोखिम सिकार खेल्न जङ्गलरूपी शहर
पस्दा
कर्तव्य निष्टहुँदा मनुवाको मुखबाट फुस्किएर
बाचेको छ
देशलाई अबिराम माया गर्दै
सिमा बचाई देशको शिर ठाडो पारेको छ
मरिज जस्तै खुम्चिएर बास्ना दिदैं
मैन जस्तै आफू सिद्धिएर उज्यालो दिई
एक्लै सङ्घर्ष गर्न सिकेको छ
परदेशी हुँदा एक्लो जीवन जीउन बानी परेको छ
आफूले दु:ख पाए पनि परिवार- सन्ततिहरू
हँसाउने मान्छे
उसैको नाम हो “प्यारो बाबा” “ड्याडी”” पीता”
“फादर” ।।
- बुद्धिराज ढकाल, गुल्मी