कबिता: देश प्रेम
अथाह प्यार
अटुट श्रदा
अबिराम आशा
अक्षिर्ण लगाब
सुनौलो दिनको अपेक्षा
सत्मार्गको अभिलाषा
बिश्व विजेताको अठोट
अनगिन्ति चाहना बोकेर
अनि अनिदो टोलाई बसिरहेछु ।
इतिहास देखि घायल हुदैं
अंग अंगमा डोब बोकेर
घायल छिया छिया शरिर
पातलिदैं गएको छु दिन प्रतिदिन
रोटीबेटीको संस्कृतिको नाममा चिल्याउदैं
मेरा कोखहरू ताछिदै छन्
सिक्किम जस्तै निल्ने प्रयास
भुटान जस्तै अद्धउपनिवेशको दाउपेच
इतिहासका काला डोबहरू मेटिएका छैनन्
घसेटे बार १२६ जंगे पिलर
रातारात हराउने, उत्तरतिर सजिब जस्तै घुस्ने
असुरक्षित विश्वासका घाउहरू बल्जिदै छन्
महाकाली, लिपुलेख, लिप्पियाधुराको शिरमा
बज्रपात
सिंहको पंजाबाट फुस्किएको मृग सरी
तर्सिएर शरिर थुर थुर कापिरहेको छ
बिस्तारबादीका सेना परेड खेल्दा
पश्चिममा पूर्वमा सूर्यको किरण मलिन हुन थालेको छ
बादलले अनौठौ रूप प्रदशित गरेको छ
झर्नाले रूद्ररूप देखाएका छन्
सन्ततिहरू आक्रोसित बनेका छन्
झण्डाले शोक मनाइ रहेको छ
सगरमाथाको उचाईमा आच आएको छ
शान्तिका दूत बुद्ध ओझेलिन थालेका छन्
हरेक खुडकिलामा भ्रम सृजना गरी
गिद्धे नजरको परिदृश्यले डसिरहेछ
पूर्व, दक्षिण, पश्चिमका अंगहरू लुछिईरहेको छ
शरिरका पार्टहरू गुमाउनु पर्दा
अद्ध चेतनामा छटपटाई रहेछु
छिमेकीको महत्व थाहा नरपिचासहरूलाई
छिमेकी डस्दा आनन्द लिनेहरूलाई
छिमेकी फेर्न मिल्दैन भन्ने नजान्नेहरूलाई
अर्काको रगत पसिना डस्न बानी परेकाहरू सित
कुनै संझौता हुन सक्दैन
मेरा सन्ततिहरू
समयमै बिउझिएनौ भने
ब्वासाले पछि तिरबाट जनाबर खाएर सिद्याए
जस्तै
म रहदिन होला
टाउकोमा टालो बाघेर मेरो रक्षा गर
पर्खाल र काडेतार लगाऊ
मलाई डस्न नदेऊ
बाह्य मुद्दा समाधान गरी हाल
भाइ भाइ बीचको द्वन्द्व पछि सार
म रूदै गर्दा तिमी रमिते नबन
अंस र पदमा लुंछातानी नगर
बीर सहिदको सपनामा तुषारापात नहोस्
सन् १८१६ को घाउले पोली रहेछ
एक तिहाइ गुमेको तितो अनुभब
हामीले मात्र एकल रूपमा स्बीकार्नु पर्ने
तिमी सुगौली संन्धी मान्दैनौ भने
सन् १८१६ अगिको भूमि फिर्ता गर
आलटाल गरे युद्धको घोषणा गरौं
तीन कोरोड जन्ताले बर्दी लगाउन तयार छ
काटेको घाउमा नुन चुक स्वीकार्य हुदैन
गरिब देशको नियामक निकायमा कुरा उठाउ
संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रीय अदालत हेग
हुदै अन्तर्राष्ट्रीयकरण गर
महाथिर मोहम्मद, लिकुवान यु जस्तै बिकासप्रमी
बन
किम जोन जस्तै देशको निम्ति ड्यानामिक बन
सरकारको निति कार्यक्रममा पनि समावेस भयो
कार्यान्वयन गर
नदिमा थुप्रै पानी बगि सक्यो
बीर गोर्खालीको किमार्थ शिर नझुकोस
दुखि रहने घाउ सदा अन्त्य होस्
अनिदो टोलाउदै बस्न नपरोस ।
- बुद्धि राज ढकाल, कालीगण्डकी ६ गुल्मी, हाल: टोखा ११ काठमाडौं