पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङ्जा, बागलुङ, गोरखा र नवलपुरमा थप संक्रमित थपिएका हुन् ।
स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपुरमा ४ जना थपिएका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।
स्याङ्जाको वालिङ नगरपालिकामा १३ जना छन् । १८ देखि ५२ वर्षका पुरुष हुन् । त्यस्तै भिरकोट नगरपालिकाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बागलुङका बडिगाड गाउँपालिकामा २५ वर्षदेखि ५२ वर्ष उमेरका नौं जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ढोरपाटन नगरपालिकामा २६ वर्षीय एक पुरुषमा संक्रमण भएको हो ।
गोरखाको पालुङटार नगरपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, गण्डकी नगरपालिकामा नौं पुरुषमा संक्रमण भएको छ ।
त्यसैगरी, नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा चार जनामा संक्रमण भएको छ । २० देखि ४५ वर्ष उमेरका पुरुषमा संक्रमण भएको जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आइतबार बिहान ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।