थप २७९ जनामा कोरोना पुष्टी, संक्रमित सं‌ख्या ४३६४ पुग्यो, निको भएर घर फर्किनेहरु ६७४ जना

खवर पाटी (खोज खबरको अभियान)

बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्र्किको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।
Facebook Comments Box