प्रधानसेनापति थापा र महानिरीक्षक खनाल कालापानीको बोर्डर बेस क्याम्प निरीक्षणका लागि प्रस्थान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि त्यता गएका छन् ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको पोष्ट र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरिएको थियो ।

उनीहरु काठमाडौंबाट स्काई ट्रकबाट धनगढीसम्म प्रस्थान गरिसकेका छन् । उनीहरु धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जाने छन् ।

भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ । त्यस्तै नेपाल–चीन व्यापारिक नाका तिंकर भञ्ज्याङमा सशस्त्रको बीओपी स्थापना गर्ने पनि सरकारले तयारी गरेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुदै सडक बनाए पछि नेपालले पनि लिम्पियाधुरा, कालापानी, लिपुलेक सम्मको नक्सा पारीत गरेर भूमि फिर्ताको लागि भारतसगँ वार्ताको दबाब दिए पनि भारतले अझै बार्ता गर्न आलटाल गर्दै आएको छ ।

Facebook Comments Box