नेपालको जनसंख्या ३ करोड ६३४ पुग्यो : केन्द्रीय तथ्यांक विभाग

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालको जनसंख्या तीन करोड नाघेको छ । शुक्रबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या तीन करोड नाघेको जनाएको हो ।

२०६८ मा भएको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुने गरेको छ । २०७८ सालमा जनगणना हुनेछ।

तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार दिउँसो नेपालको जनसंख्या तीन करोड ६३४ रहेको छ । विभागले औसत जनसंख्या वृद्धिका आधारमा संख्या अपडेट गर्दै आएको छ ।

नेपालमा औसत दैनिक जनसंख्या वृद्धिको आधारमा विभागले यो संख्या अपडेट गर्छ । सोही आधारमा असार १२ गते नेपालको जनसंख्या तीन करोड नाघेको हो । नेपालको जन्मदर सन् २०२० सम्म औसतमा २.१७ रहेको विभागले जनाएको छ।

Facebook Comments Box