सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ घर पहिरोले बगायो, ११ जना बेपत्ता

खवर पाटी (खोज खबरको अभियान)

सङ्खुवासभा, असार २८ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।
अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।
साथै सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरुमा बाढी आएकाले मुश्किल भएको फोन सम्पर्कमा बताउनुभयो । – गोरखापत्र

Facebook Comments Box