प्रम ओलीको अभिव्यक्तिप्रति भाजपाको टिप्प्णी: यो राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम हो ।

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टीले निन्दा गरेको छ । समाचार संस्था पिटिआइका अनुसार भाजपाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम भनेर टिप्प्णी गरेको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएका थिए ।

भाजपा प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको भनाइको निन्दा गर्दै भनेका छन्, ‘भगवान राम आस्थाको विषय हुन् । मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही । यो राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम हो ।’

भारतीय टेलिभिजन च्यानल एनडिटिभीका अनुसार भाजपा नेताहरुले प्रधानमन्त्री ओलीले आन्तरिक राजनीतिमा फाइदा लिनका लागि दिएको सबैभन्दा तुच्छ अभिव्यक्ति भनेर टिप्पणी गरेका छन् ।

नेपाल भारत सम्बन्धमा उतारचढाव आएका बेलामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको नेपालभित्रै पनि आलोचना भइरहेको छ । सत्तारुढ नेकपाका नेता कार्यकर्ताले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

Facebook Comments Box