काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी नै फुटको संघारमा पुगेका राजनीतिक विश्लेषकहरुले दावी गरेका छन् ।
अहिले कोरोना भाइरसको महामारी र वाढीपहिरोले पीडित बनेका सर्वसधारण जनताको समस्या सम्बोधनमा ध्यान दिनु भए पनि सत्तारुढ दलका नेताहरु आफै झगडा गर्नुले पार्टी नै फुटको नजिक पुगिसकेको दावी उनीहरुको छ ।
राजनीतिक विश्लेषक हरि रोक्काले नेपका भित्रको घरझगडा अराजनीतिक रहेको बताए । नेकपाले दावी गर्दै आएको सिद्धान्त, विचार अनुसार कुनै कार्यक्रम नभएको उनले बताए । समाजवादको स्थापना गर्ने भन्ने तर व्यवहारमा पुँजीवादी चरित्र नै प्रदर्शन गरिराख्ने हो भने नाम मात्रको कम्युनिष्ट मात्रै हुने उनको दावी छ ।
‘नेकपा भित्र भईरहेको लडाईको भित्री चुरो कुरो उहाँहरु अराजनीति हुनुहुन्छ । विधि, विधान निर्माण गर्ने तर कार्यान्वयन नगर्ने सोचले समाजवाद आउँदैन्’ रोक्काले भने, ‘पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्री नै मिटिङ डाक्दिन, बैठकमा जादिन भन्नु लोकतान्त्रिक विधि विपरित हो ।’
राजनीतिक विश्लेषक हरि रोक्काले नेपका भित्रको घरझगडा अराजनीतिक रहेको बताए । नेकपाले दावी गर्दै आएको सिद्धान्त, विचार अनुसार कुनै कार्यक्रम नभएको उनले बताए
पार्टीभित्र जुन समस्या देखिएको छ त्यो छलफल, बहसकै माध्यमले समाधान हुने हो । तर महिनौ हुँदा बैठक अनिर्णयको बन्दी बनाउँनुले पार्टी, जनता र मुलुककै लागि शुभसंकेत नभएको रोक्काले बताए ।
अर्का राजनीतिक विश्लेषक देवेन्द्र मिश्राले झण्डै दुई तिहाई बहुमत सहितको जनमत प्राप्त पार्टीको सरकार भए पनि कार्यशैली सोही अनुसारको नभएको बताए । प्राप्त जनमतको अपमान गर्ने काम भईरहेको बताउँदै उनले जनताको समस्या, पीडा एकातर्फ छ तर पार्टीका नेताहरुको कार्यशैली ठिक त्यसको विपरित रहेको उनले बताए ।
मुलुक र जनता अहिले कोरोना भाइरस, वाढीपहिरो समस्याले पीडामा रहेको बताउँदै उनले सत्तारुढ दलका नेताहरु घरझगडामा रमाईरहेको वताए । मुलुक र जनताको समस्या समाधान र विकाशका काम गर्न नसक्ने नेताहरु अहिले एकले अर्कोलाई दोष देखाउँने र आफू पंछिने काम गरिरहेको वताए ।
‘राष्ट्रवादको अक्सिनमा पार्टी सञ्चालन भईरहेको छ । राष्ट्रवादको लेपले बढी दिन टिक्न गाहरो हुन्छ’ मिश्राले भने, ‘मुलुक र जनता पिडामा भएको बेला सत्तारुढ दलका नेताले गरिरहेको झगडा झण्डै दुई तिहाई जनमतको अपमान मात्रै हो ।’
अहिलेको तत्कालिन समस्या समाधानका साथै विकास निर्माणका सवालमा सरकार पुर्ण रुपमा असफल भईसकेको दावी उनको छ । सोही कारण नेकपामा अहिले बहस शुरु भएको छ । सरकारको गतल कार्यशैलीको जिम्मेवारी कसले लिने ? प्रश्न गम्भिर रुपले उठेको बताउँदै अहिले एकले अर्कोलाई दोष देखाउँने काम भईरहेको बताए ।
दुई फरक कार्यशैली र पृष्ठभुमी भएको पार्टीका बीचमा एकिकरण भए पनि नेताहरुको शैली स्वेच्छाले अगाडी बढनु नै रहेको छ । पार्टीमा छलफल र बहस नगर्ने, पार्टीलाई आफू अनुकुल हुने गरी अगाडी बढाउँने भएपछि त्यहाँ विवाद अवश्य उठने दावी उनको छ ।
नेताहरुका बीचमा अहिले अविश्वास छ । एकले अर्कोलाई विश्वास गर्ने वातावरण नभएको बताउँदै उनले यस बीचमा कुनै चमत्कार भए पार्टी जोगिन सक्ने बताए । अहिले आन्तरिक छलफल समेत नभएकाले अवस्था जटिल बन्दै गएको उनले बताए ।
प्रधानमन्त्री ओलीको राजिनामा मागसंगै शुरु भएको विवाद अझै लम्बिने संकेत बिश्लेषकहरुको छ । दाहाल र नेपाल समुहले पार्टीमा विधि र पद्धति मिचिएको आरोप लगाउँदै आएका छन् । तर ओली समुहले अहिलेको झगडा पद प्राप्तिका लागि बार्गेनिङ गरिएको जनाएको छ
सत्तारुढ नेकपा भित्र गत बैशाखदेखी विवाद तिब्र रुपमा शुरु भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली माथि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपालले प्रश्न उठाउँदै प्रहार शुरु गरेका थिए ।
सरकारको कार्यशैलीमाथि पार्टीकै नेताले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले त्यसको बचाउँ गर्दै आएका छन् । विवादकै बीच गत १० असार देखी स्थायी कमिटी बैठक शुरु भएको छ । तर कुनै निर्णय नै नगरी बैठक अनिश्चित बनेको छ ।
प्रधानमन्त्री ओलीको राजिनामा मागसंगै शुरु भएको विवाद अझै लम्बिने संकेत बिश्लेषकहरुको छ । दाहाल र नेपाल समुहले पार्टीमा विधि र पद्धति मिचिएको आरोप लगाउँदै आएका छन् । तर ओली समुहले अहिलेको झगडा पद प्राप्तिका लागि बार्गेनिङ गरिएको जनाएको छ ।
नेकपा अध्यक्षद्धय ओली र दाहालका साथै वरिष्ठ नेताद्धय खनाल र नेपाल सहितका नेताहरु आ–आफ्नै रणनीति र अडानमा अडिग रहेकाले अहिलेको समस्या समाधानमा ढिलाई भएको नेकपा नेताहरु बताउँदै आएका छन् । – राजधानी