परिषदका उपाध्यक्ष कोईरालाले आफु बिरुद्ध आएका समाचारको सामाजिक सन्जाल मार्फत खण्डन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले संचार माध्यमहरुमा उनी बिरुद्ध आएका समाचारको सामाजिक सन्जाल मार्फत खण्डन गरेका छन् । सरकारले राखेपको उपाध्यक्षमा नियुक्ति गरेसंगै बिभिन्न संचार माध्यमहरुमा उनी फरार अभियुक्त भएको भन्दै समाचार प्रकाशित भैरहँदा उनले त्यसको खण्डन गरेका हुन् । उनले आफू एक राजनितिकर्मी भए पनि राजनितिगर्नेहरुले आफ्नो जिवन धान्नका निम्ति कुनै पेशा व्यावसाय गर्नुपर्छ भन्ने मत राख्ने बताएका छन् । उनले अफूले नेपाल सरकारको कानून अनुसार नै विगत पाँच बर्षदेखि भाडाको कन्टेनर ट्रकमा भारीवोक्ने काम गर्ने गरेको बताउँदै करिब ४ वर्ष अगाडिदेखि उनले कम्पनिको स्वामित्वमा रहि अरु कसैलाई करारनामा गरिदिएको तथा करिब १ बर्ष अगाडी उक्त गाडी एक मोटरसाईकलसंग आपसमा ठोक्किन गई दुर्घटना भएको कुरा साँचो भएको बताएका छन । दुर्घटना पश्चात करार गर्ने ब्यक्ति सम्पर्क बिहिन रहेको तथा कम्पनीले दुर्घटनाबाट घाईते भएका पिडितलाई लागेको सम्पूर्ण खर्च कम्पनीले उपलब्ध गराईसकेको बताएका छन् । उनले पिडितसंग कम्पनीले महिनौ पहिले सबै खर्च बेहोर्दै भएको सहमति भईसकेको बिषयलाई उचालेर स्वयं पिडितको समेत हुर्मत लिएकोले सम्बन्धित पक्षले जघन्य अपराध गरेको बताएका छन् । कोईरालाले आफ्नो नियूक्ति पार्टीले गरेकाले पार्टीले निर्देशन दिने बित्तिकै एक सेकेण्ड पनि नबस्ने बताएका छन् । अफूले कसैको दलालि गरेर यहाँ पुगेको नभई आफनो क्षमताले यहाँ पुगेको बताएका छन् । खेलकुदको क्षेत्रमा अब कायापलट हुने उनको भनाई छ । “जसजसले खेलकुद क्षेत्रलाई अगाडी बढ्न दिदैन मान्नुहोस् अब तिनको दिनगन्ति सुरु भयो ।”

Facebook Comments Box