शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी बराबर सेवा सुविधा दिइने बताएका छन्।
मन्त्री पौडेलले शिक्षकहरूको आन्तरिक बढुवा, पेन्सन र तलबलगायत राज्यबाट दिइने सुविधाहरू निजामती कर्मचारी सरह बनाउने गरी काम अघि बढेको बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
उनले भने: “कर्मचारी र शिक्षक दुवै राज्यबाट सञ्चालित महत्त्वपूर्ण स्थानमा छन्। कर्मचारीले बढी सेवा सुविधा पाउने तर शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर विद्यालयमा जानेले चाहिँ तलब वा सेवा सुविधा कम पाउनु अन्याय हो।”
“त्यसैले क्रमशः सेवा सुविधा समान गर्न कार्यक्रमहरू अघि बढाएका छौँ।”
शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले “निजामती कर्मचारी सरह सुविधा शिक्षकहरूको हकको कुरा” भएको बताउँदै मन्त्री पौडेलको भनाइ स्वागतयोग्य गरेको बताएको छ।
Source BBC. Nepali
Facebook Comments Box