महिला सशक्तीकरण साझा दायित्व हो: प्रम

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् । नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् ।

यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ । महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री देउवाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

Facebook Comments Box